जाजरकोटमा पहिरोले घर र टहरा बगायो : सात जना घाइते, एककाे अवस्था गम्भिर
nepalpress.com · Sat Aug 15 15:31:54 GMT 2026

सुर्खेत । जाजरकोटमा लगातारको वर्षासँगै गएको पहिरोले भेरी नगरपालिकाका २ रिसाङ क्षेत्रमा क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भएका छन् भने एउटा कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा शनिबार अपराह्न ४ बजेदेखि परेको अविरल वर्षापछि पहिरो गएको हो । पहिरोमा परी करिब ६० वर्षिय रामबहादुर शाही गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)