प्रधानमन्त्री कार्यालयको नयाँ सिस्टममा गम्भीर सुरक्षा कमजोरी पत्ता लगाउँदै ओली बने विजेता
techpana.com · Sat Aug 15 15:34:55 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ डिजिटल प्रणालीमा रहेका गम्भीर सुरक्षा कमजोरी पत्ता लगाउँदै साइबर सुरक्षा इन्जिनियर सन्दीप ओली प्रथम भएका छन् । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील समूह ‘पेन्टेस्टर नेपाल’को १३औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘लाइभ ह्याकिङ’ प्रतियोगितामा भैरव टेकका एसोसिएट साइबर सुरक्षा इन्जिनियर ओली शीर्ष स्थान हासिल गर्न सफल भएका हुन् ।
शनिबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको उक्त प्रतिस्पर्धामा ओलीले ५५ अङ्कभार बराबरका दुई वटा क्रिटिकल कमजोरी फेला पारेका थिए । कुल ६५ अङ्कसहित पहिलो स्थान हासिल गरेवापत उनले पेन्टेस्टर नेपालको तर्फबाट १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)