नागरिकका गुनासा बुझ्न गृहजिल्ला पुगे गृहमन्त्री गुरुङ
nepalpress.com · Sat Aug 15 15:52:07 GMT 2026

गण्डकी । गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न गृहजिल्ला गोरखामा छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का नागरिकका घरदैलोमा पुगेर उनले स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा छलफल गरिरहेका छन् ।
शुक्रबार गोरखा आइपुगेका गृहमन्त्री गुरुङले विकास आयोजनाको अनुगमनसँगै जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)