नेकपामा मन्त्री छान्न सास्ती : कसैलाई जनमतको पिर, कसैलाई पालोको आश
lokaantar.com

कोशी प्रदेश सरकार विस्तारको अन्तिम तयारी भइरहँदा सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र मन्त्री छान्न सकस देखिएको छ । पार्टीले पाउने मन्त्रालयको संख्या सीमित र मन्त्री बन्ने आकांक्षीहरूको संख्या निकै ठूलो भएपछि नेतृत्व दबाबमा परेको हो ।
शनिबार विराटनगरको कटहरीस्थित प्रदेशसभा सचिवालयमा मन्त्री छनोटका लागि नेकपा संसदीय दलको बैठक झण्डै तीन घण्टासम्म बसेको थियो । बैठकमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र पार्टीका कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राई बाहेकका अन्य १५ जना सांसदले मन्त्रीका लागि कडा दाबी प्रस्तुत गरेपछि निर्णय लिन सकस भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)