सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु
ratopati.com · Sat Aug 15 16:28:16 GMT 2026

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु विष्टको आज नदीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले स्थानीय सुनबरा नदीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको जानकारी दिए । बालिकाको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षण भइरहेको बताउँदै प्रहरी निरीक्षक विष्टले शव परिवारको जिम्मा लगाइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)