नूर–गंगा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण
baahrakhari.com · Sat Aug 15 16:45:40 GMT 2026

काठमाडौं। नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा तथा सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा तथा प्रतिभाहरूलाई नूर–गंगाप्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण गरिएको छ ।
काठमाडौंमा आयोजित समारोहकाबीच पुरस्कार वितरण गरिएको हो । समारोहका प्रमुख अतिथि सम्माननीय प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भाषा, साहित्य, कला र संस्कृति राष्ट्रको पहिचान तथा सामूहिक स्मृतिका आधार भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धन राज्य, समाज र प्रत्येक पुस्ताको साझा दायित्व भएको उल्लेख गरे । “राष्ट्र केवल भूगोलले बन्दैन; राष्ट्र आफ्नो भाषा, संस्कृति, इतिहास, साहित्य र सामूहिक स्मृतिले बन्छ।” सभामुख अर्यालले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)