पाटन बारको अध्यक्षमा निरौला विजयी
nagariknews.nagariknetwork.com · Sat Aug 15 16:21:13 GMT 2026

उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज भएको निर्वाचनमा अध्यक्ष सेवन्तराज निरौला विजयी भएका छन् । उनले एक हजार १५२ मत ल्याएर विजयी भएका हुन् ।
अध्यक्षमा विजयी निरौला बृहत प्रगतिशील तथा पेशागत समूहका उम्मेदवार हुन् । उनका प्रतिस्पर्धी डेमोक्रेटिक लयर्स एसोसिएसनबाट अध्यक्षमा देवीप्रसाद रिजालले १२२ मत र स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट अध्यक्ष भेषराज पोखरेलले १९९ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)