जाजरकोटमा पहिरोमा परेर २ जना बेपत्ता
ratopati.com · Sat Aug 15 16:50:48 GMT 2026

जाजरकोट । जाजरकोटमा पहिरोमा परेर २ जना बेपत्ता भएका छन् । जिल्लाको भेरी नगरपालिका–१ खारुलामा शनिवार साँझ पहिरोले घर पुरिँदा २ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा ५४ वर्षीय उमासिंह खत्री र उनकी ८३ वर्षीय आमा रति खत्री रहेका छन् ।
सोही ठाउँको रिसाङ्गमा पहिरोमा परेर ६० वर्षीय रामबहादुर शाही र ४५ वर्षीय सिद्धिबहादुर कामी घाइते भएका छन् । शाहीको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)