कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा नेपाललाई पहिलो पदक
ratopati.com · Sat Aug 15 17:03:01 GMT 2026

काठमाडौँ । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा पदक जित्न सफल भएको छ । कजाखस्तानको अस्तानामा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा नेपाली विद्यार्थी सिद्धान्त चतुर्वेदीले कांस्य पदक जितेका हुन् ।
सन् २०२६ अगस्ट ७ देखि ८ सम्म सञ्चालन भएको प्रतियोगितामा विश्वका विभिन्न देशका विद्यार्थी सहभागी थिए । नेपालका चार जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए । तीमध्ये सिद्धान्त चतुर्वेदीले कांस्य पदक जित्दा मेनाली, पीताम्बर लामिछाने र आयुष यादवले विशेष प्रशंसा प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)