साप्ताहिक राशिफल : कस्तो रहला यो साताको तपाईंको भाग्य ?
ratopati.com · Sat Aug 15 21:30:00 GMT 2026

साउन ३१ गते आइतबारदेखि भाद्र ६ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दैनिक उपभोग्य बस्तु तथा पहिरनको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साथिसंगी तथा नजिकका आफन्तबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बिच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरूलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ । साताको अन्त अर्थात् बिहीबारबाट आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)