रिसाङ पहिरोमा दुई जना बेपत्ता, सात घाइते र घरहरूमा क्षति
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् भने अन्य सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधीरकुमार खड्काले दिएको जानकारी अनुसार पहिरोमा परी फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता भएका छन्।
घाइते हुनेहरूमा रामबहादुर शाही, भद्राकली कार्की, सिद्धिबहादुर कामी, केदार कार्की, मनवीर चँदरा, मोतिकला विक र मनिषा विक रहेका छन्। घाइतेमध्ये ६० वर्षीय रामबहादुर शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपश्चात थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। घाइतेहरूको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा टोली खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)