मठमन्दिरमा गुञ्जिरहेका छन् विष्णु–लक्ष्मी भक्तिका गीतहरू
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । साउन शुक्ल तृतीया तिथिसँगै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा भगवान् विष्णु र माता लक्ष्मीको पुकारा गरिने ‘झुलनोत्सव’ (झुला पर्व) हर्षोल्लासका साथ सुरु भएको छ। साउन पूर्णिमाका दिनसम्म मनाइने यो पर्वको सुरुआतसँगै अहिले मिथिलाका मठमन्दिरहरूमा झुलागीत र भजनकीर्तनको रौनक छाएको छ।
हिन्दू परम्पराअनुसार भगवान् विष्णु र लक्ष्मीका अवतार मानिने राम–सीता तथा राधा–कृष्णका कलात्मक प्रतिमाहरूलाई विशेष रूपमा सजाइएका झुलनामा राखेर भक्तिभावका साथ झुलाउने (हल्लाउने) गरिन्छ। पर्वको पहिलो दिन शनिबार साँझ महोत्तरीको प्रसिद्ध मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट भगवान्का प्रतिमाहरू बाजागाजा र डोलीसहित झुलाघरमा पुर्याएर उत्सवको औपचारिक शुभारम्भ गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)