अमेरिकामा दुई गोलीकाण्ड : भर्जिनिया विश्वविद्यालयमा पाँच घाइते, मिसिगनमा छ जनाको मृत्यु
ratopati.com · Sun Aug 16 00:54:23 GMT 2026

न्युयोर्क । अमेरिकामा एकै समयमा भएका दुई छुट्टाछुट्टै गोलीबारीका घटनाले फेरि एकपटक सार्वजनिक सुरक्षा र बन्दुक हिंसामाथि गम्भीर प्रश्न उठाएको छ। भर्जिनिया स्टेट युनिभर्सिटीमा शनिबार बिहान भएको गोलीबारीमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये कम्तीमा एक जना विश्वविद्यालयका विद्यार्थी रहेको बताइएको छ।
यता, मिसिगनमा शुक्रबार भएका छुट्टाछुट्टै गोलीबारीका घटनामा १६ वर्षीय किशोरसहित पाँच जनाको मृत्यु भएको छ भने प्रहरीले संदिग्ध आक्रमणकारीलाई पनि मृत अवस्थामा फेला पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)