कुरिनटार नजिक पहिरो जाँदा पृथ्वी राजमार्ग रातिदेखि नै अवरूद्ध
kendrabindu.com · Sun Aug 16 00:54:53 GMT 2026

चितवन । पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका-५ कुरिनटार नजिक सिमलधारामा गएको सुख्खा पहिरोले गए रातिदेखि नै बाटो अवरूद्ध भएको छ। रातिबाटै पहिरो सफा गरिरहेका कारण आज आइतबार बिहान छिट्टै सडक खुल्ने सम्भावना रहेको चितवन जिल्ला प्रहरी कार्यमलयले जनाएको छ ।
प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चन्द्र भुसन यादवले शनिबार राति साढे १० बजे तिर रूखहरू सहितको सुख्खा पहिरो खस्दा बाटो दुई तर्फी रूपमा नै अवरूद्ध भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)