सक्रिय भयो मनसुन, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना
lokaantar.com

देशभर आज आइतबार मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एक/दुई स्थानमा पनि भारी वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)