अमेरिका गोलीकाण्ड : भर्जिनिया विश्वविद्यालयमा पाँच घाइते, मिसिगनमा छ जनाको मृत्यु
nepalviews.com · Sun Aug 16 01:08:23 GMT 2026

एजेन्सी । अमेरिकामा एकै समयमा भएका दुई छुट्टाछुट्टै गोलीबारीका घटनाले फेरि एकपटक सार्वजनिक सुरक्षा र बन्दुक नियन्त्रणको बहसलाई गम्भीर रूपमा उठाएको छ। भर्जिनिया स्टेट युनिभर्सिटीमा शनिबार बिहान भएको गोलीबारीमा पाँच जना घाइते भएका छन् भने मिसिगनमा भएका छुट्टाछुट्टै गोलीबारीमा १६ वर्षीय किशोरसहित पाँच जनाको ज्यान गएको छ। साथै, प्रहरीले मिसिगनका संदिग्ध आक्रमणकारीलाई पनि मृत अवस्थामा फेला पारेको छ। दुवै घटनाको अनुसन्धान जारी रहे पनि गोलीबारीको खास कारण भने खुल्न सकेको छैन।
भर्जिनिया स्टेट युनिभर्सिटीको क्वाड एनेक्सेसनजिकै शनिबार बिहान अचानक गोलीबारी भयो। घटनालगत्तै क्याम्पस प्रहरी र चेस्टरफिल्ड काउन्टीका अधिकारीहरू पुग्दा छात्रावासबाहिर पाँच जनालाई गोली लागेको अवस्थामा फेला पारियो। सबै घाइतेलाई तत्काल अस्पताल लगियो। सुरुमा एक जनाको अवस्था अत्यन्तै चिन्ताजनक बताइए पनि पछि उनीहरूको चोट खतरामुक्त रहेको अधिकारीहरूले पुष्टि गरे। घाइतेमध्ये कम्तीमा एक जना विश्वविद्यालयका विद्यार्थी रहेका र उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको क्याम्पस प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)