वीरगन्ज नाकाबाट १० अर्ब २२ करोडको दलहन आयात
barnanmedia.com · Sun Aug 16 01:02:26 GMT 2026

मुलुकको प्रमुख व्यापारिक स्थल नाका वीरगन्जबाट गत आर्थिक वर्षमा १० अर्ब २२ करोड रुपैयाँभन्दा बढीको दलहन आयात भएको छ । भारत तथा तेस्रो मुलुकबाट मुसुरो, सिमी–राज्मा, चना, रहर, केराउ र बकुल्लालगायत दलहन आयात भएको हो ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आवमा ११ अर्ब ४ करोड ६१ लाख रुपैयाँ बराबरको १० करोड १९ लाख किलो दलहन आयात भएकामा गत आवमा १० अर्ब २२ करोड रुपैयाँ बराबरको १० करोड २७ लाख किलो आयात भएको छ । यसअनुसार अघिल्लो आवको तुलनामा गत आवमा दलहन आयातको परिमाण ८ लाख किलोले बढेको छ भने आयात मूल्य भने करिब ८२ करोड ६१ लाख रुपैयाँले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)