झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दो
baahrakhari.com · Sun Aug 16 01:34:02 GMT 2026

झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण बढ्दै गएको छ । पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १० पुगेको छ ।
संक्रमितमध्ये पाँचजनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् । जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एकजनामा जेई संक्रमण पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)