भारतीय प्रधानसेनापति सेठ आज नेपाल आउँदै, बालेनले भेट्लान् ?
corporatenepal.com · Sun Aug 16 01:34:01 GMT 2026

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज नेपाल भ्रमणमा आउँदैछन् । उच्च सरकारी स्रोतका अनुसार उनी आज अगस्ट १६ मा नेपाल आउन लागेका हुन् । जनरल सेठले गत जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि नेपाल भ्रमणमा आउन लागेका उनको यो पहिलो भ्रमण हो ।
नेपाल र भारतबीचको सैन्य सम्बन्धअनुसार दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । सोही परम्पराअनुसार नेपालका प्रधानसेनापति र भारतीय प्रधानसेनापति नियुक्त भएपछि एकअर्काको देश भ्रमण गर्ने अभ्याससमेत रहँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)