टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Aug 16 01:45:43 GMT 2026

टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो।
शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा हिजै मृत्यु भएको हो। दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ। गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)