रोल्पाको लुङग्रीमा पहिरोले घर पुरिँदा महिलाको मृत्यु
kendrabindu.com · Sun Aug 16 02:03:29 GMT 2026

रूपन्देही । रोल्पाको लुङग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा महिलाको मृत्यु भएको छ। लुङग्री गाउँपालिका वडा नम्बर ५ धैरेनीमा गएराति परेको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा स्थानीय अन्दाजी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार वर्षाका कारण पहिरो खसेर घर पुरिएको सूचना आज बिहान करिब ३ बजे प्रहरी चौकी किलाचौरमा प्राप्त भएको थियो सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)