इन्डोनेसिया भूकम्पमा ४७ जनाको मृत्यु
nepalviews.com · Sun Aug 16 02:01:19 GMT 2026

एजेन्सी । पूर्वी इन्डोनेसियामा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले दिएको पछिल्लो विवरण अनुसार भूकम्प र त्यसपछिका दर्जनौँ परकम्पका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको छ।
भूकम्पको केन्द्रविन्दु नजिकै रहेको नागेकेओ क्षेत्रमा पहिराले सडक अवरुद्ध गर्नुका साथै सञ्चार सम्पर्कसमेत विच्छेद गराएका कारण उद्धार टोली अझैसम्म त्यहाँ पुग्न नसकेको अधिकारीहरूले बताएका छन्। पूर्वी नुसा टेङ्गाराको तालीबुरा गाउँकी ५१ वर्षीया बासिन्दा नोनाले भूकम्प अति नै शक्तिशाली भएको र घरभित्र रहेका १३ जना बासिन्दाहरू ज्यान बचाउन भागेको बताएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)