बाढी–पहिरोले विभिन्न राजमार्ग अवरुद्ध (पूर्ण विवरणसहित)
bishowkhabar.com · Sun Aug 16 02:02:27 GMT 2026

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकमा यातायात प्रभावित भएको छ ।
बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म आवागमन रोकिएको छ । त्यस्तै, कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)