देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदै
rajdhanidaily.com · Sun Aug 16 02:14:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदैछ । शुक्रवारदेखि मिराकल पार्टी प्यालेस, सुकेधारमा सुरू भएको भेला ३ दिनपछि आज समापन हुन लागेकाे हाे । सो कार्यक्रममा बिहान ११ः०० बजेदेखि सुरू हुनेछ ।
प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार जारी भेलामा बिभिन्न राजनीतिक प्रतिवेदन प्रस्तुत भएका छन्, जसमा आज सहभागी प्रतिनिधिहरूले धारणा राखिसकेपछि समापन हुनेछ । सो भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)