दक्षिण कोरियाद्वारा उत्तर कोरियासँग युद्ध अन्त्य गर्न वार्ताको प्रस्ताव
baahrakhari.com · Sun Aug 16 02:11:00 GMT 2026

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले प्राविधिक रूपमा अझै जारी रहेको दुई देशबीचको युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने विषयमा उत्तर कोरियासँग वार्ता गर्न प्रस्ताव गरेका छन् ।
लीले दुवै देशबीचको वास्तविक सीमा क्षेत्र गैरसैन्यीकृत क्षेत्रमा हुन सक्ने मुठभेड रोक्न ‘बहुस्तरीय सुरक्षा प्रणाली’ निर्माण गर्न सुझाव दिएका छन् । साथै, उनले उत्तर कोरियाको परमाणु महत्त्वाकांक्षालाई रोक्ने व्यावहारिक उपायबारे छलफल गर्न पनि प्रस्ताव गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)