आज उपत्यकाका यी सात ठाउँबाट ग्याँस वितरण हुँदै
reportersnepal.com · Sun Aug 16 02:19:52 GMT 2026

काठमाडौं, साउन ३१ । नेपाल आयल निगमले आज पनि काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ । बजारमा ग्यासको अभाव रहेको चौतर्फी गुनासो आउन थाले पछि निगमले सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगी मार्फत ग्यास बिक्री वितरण गर्न थालेको हो । शनिबार पनि निगमले काठमाडौंका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री गरेको थियो ।
निगमका अनुसार एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र उद्योगले आफ्ना विक्रेता (डिलर) मार्फत नियमित बिक्री गरिरहेका छन्। तर, कुनै कारणवश विक्रेताबाट ग्यास प्राप्त गर्न नसकी अति आवश्यक परेका व्यक्तिले मात्र साथमा नागरिकता वा राष्ट्रिय परिचयपत्र लिई बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्ने सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)