जाजरकोट पहिरो अपडेट : बेपत्ता ४ जनाको खोजीकार्य तीब्र, ३ जना डिस्चार्ज, एकको मृत्यु
himalpress.com · Sun Aug 16 02:32:24 GMT 2026

काठमाडौँ- जाजरकोटको भेरी नगरपालिका २, रिसाङमा पहिरोले घर तथा टहरा भत्किँदा बेपत्ता रहेका ४ जनाको खोजीकार्य तीब्र बनाइएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार हाल ११ घाइतेको उपचार जारी छ भने ३ जना डिस्चार्ज भएका छन्। हालसम्म उपचारको क्रममा १ जना मृत्यु भएको छ।
थापाका अनुसार आज बिहान ०६:१० बजेबाटै घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोट, नेपाली सेना र नेपाल प्रहरीको गरी १५५ जनाको संयुक्त टोली बेपत्ताको खोजीकार्यमा जुटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)