‘सुगौली सन्धि त होइन गीर्वाणयुद्धको पालामा कुमाउँसँग भएको सन्धिको सक्कल प्रति सुरक्षित राखेको छु’
onlinekhabar.com · Sun Aug 16 03:20:54 GMT 2026

नेपाली इतिहास, भाषा र संस्कृतिमा रुचि राख्नेका लागि चिनाइरहनुपर्ने नाम होइन, डा. महेशराज पन्त । ८२ वर्षको उमेरमा पनि पन्त दैनिक घण्टौंसम्म अध्ययन, अनुसन्धान र लेखनमा सक्रिय छन्। संशोधन मण्डलका सदस्य तथा इतिहासप्रधान त्रैमासिक पत्रिका पूर्णिमाका सम्पादक पन्तले जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्। उनले जर्मनीका विभिन्न विश्वविद्यालयमा अध्यापन समेत गरेका छन्।
आफ्ना पिता नयराज पन्तको पदमार्ग पछ्याएका डा. पन्तले जीवनको सारा ऊर्जा इतिहास अनुसन्धान–अन्वेषणमै लगाए। सरस्वतीको पछि लाग्दा लक्ष्मी टाढिइन्। नेपाली इतिहास लेखनका धरोहरको रूपमा रहेको संशोधन मण्डलको सञ्चालन घाटा वार्षिक आठ लाख रुपैयाँ छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)