३५ वर्षको लथालिङ्ग शासनपछि बालेन सरकारको धमाकेदार काम
barnanmedia.com · Sun Aug 16 03:15:44 GMT 2026

पुराना राजनीतिक दल र नेताहरूले ३५ वर्षसम्म देशलाई लथालिङ्ग बनाएको आरोपबीच नयाँ नेतृत्वमा बनेको प्रधानमन्त्री बालेन शाहको सरकारले काम गरेर देखाउन थालेपछि पुराना दलहरूमा ठूलो डर र भय उत्पन्न भएको छ। सरकारका उत्कृष्ट कामलाई ‘स्टन्ट’ वा ‘नाटक’ भन्दै पन्छाउन खोज्नु पुराना नेताहरूको हताशा मात्र भएको टिप्पणी गरिएको छ।
दशकौँदेखि ठप्प बनेको ऐतिहासिक हेटौँडा कपडा उद्योग नेपाली सेनाको प्राविधिक सहयोगमा पुनः सञ्चालन भई कपडा उत्पादनको परीक्षण सुरु हुनु बालेन सरकारको ठूलो सफलता मानिएको छ। जुन काम पुराना दलहरूले ३५ वर्षसम्म गर्न सकेका थिएनन्, त्यो काम बालेन सरकारले ६ महिनामै गरेर देखाएको हो। अहिले ध्यान विराटनगर जुट मिलतर्फ छ । भृकुटी कागजपनि चलाउन अध्ययन भइरहेको छ । गुल्मी लगायतका जिल्लामा बाबियो, कपास खेतीका लागि विशेष व्यवस्था गरिदैछ । गोरखकाली टायर उद्योगपनि मर्मत सुरु भएको छ । हेटौडा, उदयपुर सिमेण्टलाई व्यवस्थित गर्न विगतको अनियमितता खोज्न र नयाँ नेतृत्व नियुक्त गर्न सरकारले ध्यान दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)