जाजरकोटमा पहिरोले घर-टहरा भत्काउँदा १० घाइते, तीन जना सम्पर्कविहीन
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
जाजरकोट। अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।
साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षापछि रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले भेरी नगरपालिका-३ स्याला बस्ने पूर्णबहादुर विकको छ कोठे दुईतले ढुंगा-माटोको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)