मण्डनदेउपुरमा ‘टिबी स्क्रिनिङ’ अभियान : तीन जनामा पहिचान
nagariknews.nagariknetwork.com · Sun Aug 16 04:05:48 GMT 2026

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको ‘टिबी स्क्रिनिङ’ अभियानका क्रममा दुईवटा वडामा तीन जनामा क्षयरोग पहिचान भएको छ। नगर स्वास्थ्य शाखाको आयोजना तथा जन्त्र नेपालको प्राविधिक सहयोगमा सञ्चालित अभियानमा स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रमअन्तर्गत दुई वडामा तीन बिरामी पहिचान भएका हुन्।
मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन स्वास्थ्यचौकीमा शुक्रबार सञ्चालित एनसिडी स्क्रिनिङ तथा एक्स–रेमार्फत टिबी स्क्रिनिङ कार्यक्रममा १२४ सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणका क्रममा शङ्कास्पद १४ जनाको खकारका नमूना सङ्कलन गरिएकामा दुई जना पुरुषमा सक्रिय क्षयरोग पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)