अमेरिकामा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
nepallive.com · Sun Aug 16 04:09:24 GMT 2026
काठमाडौं। अमेरिकाको भर्जिनिया राज्यस्थित भर्जिनिया स्टेट युनिभर्सिटीको परिसरमा गोली चल्दा कम्तीमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको विश्वविद्यालय प्रहरीले जनाएको छ।
भर्जिनिया स्टेट युनिभर्सिटी प्रहरी विभागका अनुसार विश्वविद्यालयको क्वाड एनेक्सेस क्षेत्रमा गोली चलेको हो। घटनापछि विश्वविद्यालयमा लगाइएको लकडाउन हटाइए पनि अनुसन्धानका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)