जाजरकोेट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुईजना अझै बेपत्ता
baahrakhari.com · Sun Aug 16 04:20:00 GMT 2026

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा खसेको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । अझै दुईजना बेपत्ता छन् । उनीहरूको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
शनिबार (साउन ३०) साँझ करिब ५ः३० बजे खसेको उक्त पहिरोमा परी सोही ठाउँका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की गरी सातजना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)