१० प्रतिशतले घट्यो नेशनल लाइफको नाफा, जीवन बीमाकोष खर्बमाथि, अन्य सूचक कस्ता ?
arthasansar.com · Sun Aug 16 04:55:04 GMT 2026

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा गिरावट आएको हो ।
समीक्षा अवधिमा कम्पनीले ३७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको वर्षको तुलनामा १०.२३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको इपीएस ६ रुपैयाँ ६४ पैसा पुगेको छ । अघिल्लो आवको अन्तिमसम्ममा कम्पनीको इपीएस ७ रुपैयाँ ९२ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ७५ पैसा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)