उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
nagariknews.nagariknetwork.com · Sun Aug 16 04:53:18 GMT 2026

कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई सदुपयोग गर्दै काठ, फलफूल, जडीबुटी, घाँस तथा बहुउपयोगी प्रजातिका बिरुवा रोप्न थालिएको छ। संरक्षणसँगै वनबाट उपभोक्ताको दैनिक आवश्यकता पूरा गर्ने र भविष्यमा आयआर्जनको आधार बनाउने उद्देश्यले उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता दिन थालिएको हो।
घोडाघोडी नगरपालिका-८ को जरही सामुदायिक वनमा पनि पछिल्लो समय यस्तै प्रयास भइरहेको छ। कुनै समय गिट्ठा, असारे, रुइनी, भिल्लरलगायतका बुट्यानले ढाकिएको र अतिक्रमणको समस्या रहेको वन क्षेत्रमा अहिले विभिन्न प्रजातिका बिरुवा हुर्किरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)