जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो
lokaantar.com

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ क्षेत्रमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोमा परी बेपत्ता भएका दुई जनाको खोजी जारी छ ।
शनिबार साँझ करिब ५:३० बजे आएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव खोजीका क्रममा फेला परेको हो । यसैगरी, जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि नेपालगञ्ज रिफर गरिएका भेरी नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)