अब गुगलको जेमनाईबाट तयार पारिएका फोटो तथा भिडिओमा देखिने वाटरमार्क सजिलै हटाउन सकिने
techpana.com · Sun Aug 16 04:54:51 GMT 2026

काठमाडौं । एआईबाट सिर्जना गरिएका सामग्रीहरू इन्टरनेट र कार्यथलोमा व्यापक भइरहँदा गुगलले आफ्ना प्रयोगकर्ताका लागि एउटा महत्त्वपूर्ण परिवर्तन गरेको छ । कम्पनीले अब जेमनाईबाट तयार पारिएका तस्बिर र भिडिओहरूमा देखिने परम्परागत वाटरमार्क हटाउन सकिने सुविधा उपलब्ध गराएको हो ।
गुगलको एआई टुलहरूबाट बनाइने तस्बिर र भिडिओको तल्लो छेउमा एउटा सानो स्पार्कल (चम्किलो) आइकन वाटरमार्कको रूपमा रहने गरेको थियो । अब प्रयोगकर्ताले गुगलका नानो बनाना, ओम्नी र लाइरिया मोडेलहरूबाट सिर्जना गरिने सामग्रीमा उक्त वाटरमार्क नदेखिने बनाउन सक्नेछन् । गुगलका भाइस प्रेसिडेन्ट जोस उडवर्डले सामाजिक सञ्जाल एक्समार्फत यो नयाँ सुविधालगायतका परिवर्तनहरूको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)