चीनमा एआई प्रेमीमाथि प्रतिबन्ध, तनावमा प्रयोगकर्ता
kendrabindu.com · Sun Aug 16 05:13:13 GMT 2026

काठमाडौं । चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्प्यानियन वा भर्चुअल साथी सेवाहरूमा प्रतिबन्ध लगाएपछि प्रयोगकर्ताहरूले गुनासो गरेका छन् । जुलाई १५ देखि कार्यान्वयनमा आएको नयाँ नियमावलीले मानिस र प्रविधिबीचको भावनात्मक सम्बन्धलाई कानुनी रूपमै नियमन गर्ने प्रयास गरेको छ ।
चीनको साइबर स्पेस प्रशासन (क्याक) र अन्य निकायले जारी गरेको ‘इन्टेरिम मेजर्स फर द एड्मिनिस्ट्रेसन अफ ह्युमन-लाइक इन्टर्याक्टिभ सर्भिसेज बेस्ड अन आर्टिफिसियल इन्टेलिजेन्स’ नियमावलीले भर्चुअल पार्टनर सेवामा प्रतिबन्ध लगाएको हो । समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार यो नियम लागू भएसँगै चीनका ठूला प्रविधि कम्पनीले आफ्ना लोकप्रिय एआई कम्प्यानियन सेवा बन्द गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)