‘निर्मम समीक्षा नगरी कम्युनिष्ट आन्दोलनको पुनर्जागरण सम्भव छैन’
nepalpress.com · Sun Aug 16 05:22:53 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालका कम्युनिष्ट पार्टीहरू सङ्घर्ष र विद्रोहका मोर्चामा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने कमजोर देखिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत पोखरेलले कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र भविष्यबारे प्रश्न उठाउँदै ‘निर्मम समीक्षा’ को खाँचो औंल्याए । उनले क्रान्तिपूर्व सरकारलाई शक्ति सञ्चयको आधार मान्ने कम्युनिष्ट मान्यता व्यवहारमा लागू हुन नसकेको स्वीकार गरेका छन् । सरकारमा रहँदा जनमत र शक्ति बढ्नुको साटो उल्टै क्षयीकरण हुनु कम्युनिष्ट आन्दोलनको चुनौती बनेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)