जीवन विकासलाई उद्यमशीलता विकास पुरस्कार
baahrakhari.com · Sun Aug 16 05:32:53 GMT 2026

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उद्यमशीलता विकास पुरस्कार प्राप्त गरेको छ । उद्यमशीलता विकासमा अग्रणी भूमिका खेल्दै आएको जीवन विकासलाई स्वावलम्बन विकास केन्द्रले २ लाख रुपैयाँ राशिको उद्यमशीलता विकास पुरस्कार प्रदान गरेको हो ।
स्वावलम्बन विकास केन्द्रले उद्यमशीलता विकासमा उत्कृष्ट कार्य गर्ने संस्थालाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । ३५औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०८१/८२ को लागि जीवन विकासले यो पुरस्कार प्राप्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)