२१ शोसँगै सकियो नाटक ‘शत्रु’को मञ्चन
ratopati.com · Sun Aug 16 06:12:29 GMT 2026

काठमाडौँ । पिंगलास्थानस्थित ‘फिल्म क्याम्पस’को स्टुडियो थिएटरमा जारी नाटक ‘शत्रु’को मञ्चन सकिएको छ । शनिबार २१ शो मञ्चन गर्दै नाटक सकिएको हो । २१ शोमा ४ हजार बढी दर्शकले नाटक हेरेको नाटकका कलाकार राजु राज पुरीले जानकारी दिए ।
नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद (बिपी) कोइरालाद्वारा लिखित चर्चित मनोवैज्ञानिक कथा ‘शत्रु’लाई श्रीकृष्ण शाहीले नाट्य रूपान्तरण गरेका थिए । राम भजन कामत र पुष्पराज अवस्थीको संयुक्त परिकल्पना तथा निर्देशन रहेको नाटक कक्षा १० को पाठ्य पुस्तकमा पनि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)