जाजरकोटको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी
corporatenepal.com · Sun Aug 16 06:04:07 GMT 2026

काठमाडौं । अविरल बर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ भने उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य जारी राखिएको छ ।
साउन ३० गते साँझ ५ः३० बजे आएको उक्त पहिरोमा परी सोही ठाउँ बस्ने ६२ बर्षिय राम बहादुर शाही, ४५ बर्षिय सिद्धि बहादुर कामी, ५८ बर्षिया कमला कार्की, २३ बर्षिया अनिता कार्की, १० बर्षिय युनिस शाही, ४५ बर्षिया सुन्तली चदरा र ६१ बर्षिया भद्रकला कार्की घाईते भएका छन् । घाईतेहरुमध्ये राम बहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगंज र सुर्खेततर्फ पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)