रजनीकान्तका ५१ वर्षको फिल्मी यात्रा ‘धर्मन’ को सेटमा सेलिब्रेट गर्दै
kalakarmi.com · Sun Aug 16 06:19:29 GMT 2026
तामिलनाडु- भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले अभिनय यात्राको ५१ वर्ष पूरा गरेका छन् । पाँच दशकभन्दा लामो समयदेखि भारतीय फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका रजनीकान्तले आफ्नो यो विशेष उपलब्धि आगामी फिल्म ‘धर्मन’ को सेटमै कलाकार तथा प्राविधिक टोलीसँग मनाएका हुन् ।
फिल्मको निर्माण टोलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा रजनीकान्तले कलाकार तथा फिल्मका सदस्यहरूसँग केक काट्दै ५१ वर्षे फिल्मी यात्रा सेलिब्रेसन गरेको देखिन्छ। निर्माण टोलीले भिडियोसँगै ‘५१ वर्ष, एक नाम, एक सुपरस्टार’ भन्ने भावको सन्देश पनि सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)