पूर्वी इन्डोनेसियाको भूकम्पमा परेर मर्नेको संख्या ५१ पुग्यो
ratopati.com · Sun Aug 16 06:23:21 GMT 2026

जर्कार्ता । पूर्वी इन्डोनेसियामा शनिबार बिहान गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा परेर हालसम्म ५१ जनाको मृत्यु भएको छ । भूकम्पपछि सडक अवरुद्ध हुनुका साथै पहिरो गएपछि करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।
शनिबार बिहान पूर्वी नुसा तेङ्गारा प्रान्तमा भूकम्प गएको थियो । यसमा अरु ३६ जना गम्भीर घाइते भएको र ७७ जनालाई सामान्य चोट लागेको बताइएको छ । भूकम्पपछि करिब ३४१ वटा परकम्प पनि गइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)