पहिरोको जोखिममा रहेका करिब दुई सय स्थानीयवासी सुरक्षित स्थानमा स्थानान्तरण
nagariknews.nagariknetwork.com · Sun Aug 16 06:17:42 GMT 2026

अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका १५०/२०० स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
पहिरोको जोखिममा रहेका स्थानीयवासीलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा बसोबासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। उनीहरूको सुरक्षा तथा उद्धारका लागि प्रहरी सहायक निरीक्षक प्रेमबहादुर फौजाको कमाण्डमा १० जना प्रहरीको टोली खटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)