सेप्टेम्बरमा आईफोनका प्रो मोडेल मात्र आउने, आईफोन १८ किन्न अब २०२७ सम्म पर्खिनुपर्ने !
techpana.com · Sun Aug 16 06:28:49 GMT 2026

काठमाडौं । एप्पलले आफ्नो वर्षौंदेखिको एउटा स्थापित परम्परालाई तोड्दै आगामी आईफोन १८ को सार्वजनिक तालिकामा निकै ठुलो परिवर्तन गर्ने तयारी गरेको छ । कम्पनीका मुख्य आपूर्तिकर्ता (सप्लायर) मध्येको एक पेगाट्रोन (Pegatron) ले हालै सार्वजनिक गरेको विवरण अनुसार एप्पलले आफ्नो आगामी स्मार्टफोनको बिक्री र डेलिभरी तालिकामा महत्त्वपूर्ण फेरबदल देखिएको हो ।
विगत लामो समयदेखि एप्पलले आफ्ना सबै नयाँ मोडेलहरू एकै पटक सेप्टेम्बर महिनामा सार्वजनिक गर्दै आएको थियो । तर, प्राप्त नयाँ रिपोर्टहरूका अनुसार आईफोन १८ सिरिजमा भने यस्तो हुने छैन । एप्पलले आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स जस्ता प्रिमियम मोडेलहरूलाई यही वर्षको सेप्टेम्बरमा बजारमा उतार्नेछ भने आधारभूत अर्थात् स्ट्यान्डर्ड आईफोन १८ का लागि भने उपभोक्ताले सन् २०२७ को पहिलो त्रैमासिकसम्म प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)