रवि लामिछानेको चीन भ्रमणको मिति सर्यो
kendrabindu.com · Sun Aug 16 06:40:37 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति पछि सरेको छ। यसअघि अगस्टको दोस्रो साता चीन जाने तयारीमा रहेका लामिछाने अब सेप्टेम्बरको दोस्रो साता भ्रमणमा जाने भएका छन्।
आन्तरिक तयारीलगायतका कारण पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गरिएको बताइएको छ। भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित धार्मिक तथा पर्यटकीय स्थल मानसरोवर पुग्ने कार्यक्रमसमेत तय भएको स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)