पहिरो पन्छाएपछि मुग्लिन–काठमाडौं सडक दुईतर्फी खुल्यो
bishowkhabar.com · Sun Aug 16 06:57:37 GMT 2026

काठमाडौं– पहिरो पन्छाएपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा खसेको सुक्खा पहिरो करिब आठ घण्टापछि पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेदेखि सडक सञ्चालनमा आएको हो ।
सडकमा शनिबार राति १०ः२५ बजे रुखसहितको सुक्खा पहिरो खसेपछि दुवैतर्फको यातायात अवरुद्ध भएको थियो। पहिरो पन्छाउन पाँच वटा उपकरण परिचालन गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)