संसद्मा हाजिरी गर्दै ‘टाप कस्ने’ सांसदहरूको खोजी : रास्वपा मुख्य सचेतकले मागे ७ दिने प्रतिवेदन
ratopati.com · Sun Aug 16 07:07:50 GMT 2026

काठमाडौँ । पछिल्लो समय संसद्मा हाजिरी गरेर टाप कस्ने सूचीमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरू बढी देखिन थालेपछि मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले हाजिरी विश्लेषण गर्न आफ्ना सचेतकलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभामा रास्वपाको दुईतिहाइ नजिक अर्थात् १८१ (सभामुखबाहेक) सिट रहेको छ । तर, गणपूरक सङ्ख्या एकचौथाइ (२५ प्रतिशत) सांसदहरू उपस्थित नहुँदा संसद्को बैठक नै प्रभावित हुन थालेपछि बुर्लाकोटीले संसद् सचिवालयबाट हाजिरी झिकाई विश्लेषण गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई निर्देशन दिएका दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)