भारतीय प्रधानसेनापति सेठ आउँदै, सोमबार राष्ट्रपति पौडेलले दर्ज्यानी चिन्ह प्रदान गर्ने
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चार दिने भ्रमणमा आज काठमाडौँ आउँदै छन् । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राससलाई जानकारी दिनुए ।
सोमबार नै प्रधानसेनापतिद्वयबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)